Wednesday, March 30, 2016

YOUTH FOR ANIMAL RIGHT


 हालै स्पेनमा दर्जनौँ मानिसहरुले अर्धनग्न रगत जुलुस निकाले । मध्य म्याडि्रडमा जनावर अधिकारकर्मीहरु भित्री वस्त्रमा रगत जस्तै रंगमा लतपतिएर विरोधमा उत्रिएका हुन् ।
स्पेनको चर्चित साँढे जुधाइ खेलको विरोधमा युवा युवतीहरुले अर्धनग्न प्रदर्शनमा भाग लिए । साँढे जुधाइजस्तो खूनी खेलका कारण जनावरलाई कस्तो असर पर्दछ भन्ने देखाउनका लागि उनीहरुले आफ्नो मुख तथा जिउका अन्य भागमा रगत जस्तै रातो रंग पोतेका थिए । यसअघि पूर्वी स्पेनको भ्यालेन्सियामा साँढे जुधाइको विरोधमा १० हजारले प्रदर्शन गरेका थिए ।


 जनावर अधिकारकर्मीको विरोधमा बाबजुत स्पेनमा साँढे जुधाइ खेल निकै चर्चित छ र यो त्यहाँको राष्ट्रिय खेल पनि हो । मानिसहरुमा साँढे जुधाइ हेर्ने ठूलो क्रेज छ ।
रिपोर्ट अनुसार त्यहाँको एक प्रमुख साँढे जुधाइ पर्व सन इसिड्रो बुल फाइट फेस्टमा हरेक दिन २३ हजार टिकट बिक्रि हुने गरेका छन् ।






Author:

0 comments: