Monday, March 21, 2016

Horoscope



आजको पञ्चाङ्ग
वि.सं. २०७२ चैत्र ०९ गते मङ्गलबार तदनुसार . सं. २०१६ मार्च २२ तारिख,
आजको व्रत÷पर्व पूर्णिमा व्रत, राती भद्रा करणको समाप्तिपछि चिरदाह, पहाडी जिल्लामा होली,
आजको मूहुर्त रुद्राभिषेक(रुद्रीपूजा),
बिर्तामोड, झापा, नेपालमा सूर्योदय बिहान ०५ः५८ बजे सूर्यास्त साँझ ०६ः०४ बजे
फाल्गुन शुक्लपक्षको चतुर्दशी तिथि, दिउँसो ०२ः४७ बजेसम्म, त्यसपछि पूर्णिमा तिथि,
पूर्वाफाल्गुनी नक्षत्र, दिउँसो ०४ः०३ बजेसम्म, त्यसपछि उत्तराफाल्गुनी नक्षत्र,
चन्द्रमा सिंह राशिमा, बेलुका १०ः३४ बजेसम्म, त्यसपछि कन्या राशिमा,
शूल योग, बिहान ०७ः२९ बजेसम्म, त्यसपछि गण्ड योग,
वणिज करण, दिउँसो ०२ः४७ बजेसम्म त्यसपछि विष्टि (भद्रा) करण

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, ) –
मानसम्मानमा बृद्धि हुनेछ आज मुखमा सरस्वतीको बास भएको दिन हो, त्यसैले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय प्रशंसकहरू बढ्नेछन् छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ इष्टमित्रले प्रशंसा गर्नेछन् सहयोगीहरूले काममा साथ दिनेछन्

बृष (, , , , बा, बि, बु, बे, बो) –
शरीरमा स्फूर्ति उमङ्गको कमी हुनेछ पढाइलेखाइमा ध्यानकेन्द्रित हुन सक्दैन सँगीसाथी आफन्तले भनेजस्तो सहयोग पुर्याउन सक्दैनन् झैझगडा विवादबाट टाढा बस्ने दिन हो हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको चित्त बुझाउन सकिंदैन प्रेमसम्बन्धमा विश्वासको कमी देखिने

मिथुन (का, कि, कु, , , , के, को, ) –
व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् वैदेशिक व्यापार, कृषिव्यवसाय नोकरी गर्नेका लागि सन्तोषजनक रहने परोपकारी काम समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना आम्दानीमा कमी आउने छैन

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मानप्रतिष्ठा ख्याति बढ्ने समय आएको सामाजिक काममा संलग्न हुनुपर्ला घुमघाम भेटघाटको समय , मेवामिष्ठान्न परिकार मिल्नेछ नातागोताको कामधन्दा गर्दा सन्तुष्टि प्राप्त हुनेछ पढाइलेखाइको क्षेत्रमा प्रगति हुनेछ विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ व्यापारबाट लाभ पाइने

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन्, तर मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न स्वास्थ्य अनुकूल हुनेछ मित्र, परिवार सहयोगीले साथ दिनेछन् लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग

कन्या (टो, , पि, पु, , , , पे, पो) –
रकमको कारोबार लेनदेनमा विवाद आउने सम्भावना तर आर्थिक समस्या हल गर्ने बाटो देखा पर्नेछ ठूलो महत्त्वाकाङ्क्षा राखेर धनलगानी गर्नु राम्रो हुनेछैन, जुवातास सट्टाबाजीबाट जोगिनु पर्छ अनिच्छित जिम्मेबारी वहन गर्नुपरे पनि ख्याति बढ्ने सम्भावना मनोरञ्जनमा खर्च बढ्न सक्छ

तुला (, रि, रु, रे, रो, ता, ति, तु, ते) –
राजनैतिक सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ पठनपाठन प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने मन फुरुङ्ग हुनेछ सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी हुनु पर्नेछ घरपरिवार सन्ततिप्रतिको जिम्मेबारी बढ्ने

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
धैर्यधारण गरी परिश्रम गर्ने कर्मसिद्धिको समय आएको व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने पारिवारिक जीवन सामान्य सन्तोषप्रद रहने ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ

धनु (ये, यो, , भि, भु, , फा, , भे) –
सार्वजनिक हीत परोपकारका क्षेत्रमा सक्रियता बढ्नाले प्रशंसा प्राप्त हुनेछ परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुने पर्नेछ कामको दायित्व थपिने सम्भावना आम्दानीमा कमी आउने छैन धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा सम्मान पाइनेछ

मकर (भो, , जि, खि, खु, खे, खो, गा, गि) –
तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ बोलीमा संयमता अपनाउनु होला, आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ सामाजिक परोपकारका मार्गमा अवरोध हुनेछ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, ) –
प्रेममा सफलता प्राप्त हुनेछ सरकारी जागिरेले बढुवा, प्रशंसा पुरस्कार पाउन सक्छन् कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ घरायसी प्रयोजनका भोगविलाससँग सम्बद्ध सामाग्रीको किनमेल गरिने पार्टनरसिपमा गरिएको कारोबारले राम्रो फाइदा दिनेछ स्वास्थ्य राम्रो रहने

मीन (दि, दु, , , , दे, दो, , चि) –
आजको दिन चुनौती परीक्षणका रूपमा देखा परेको वादविवाद, मुद्दामामिला दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ, तर परिणाम तपाईंकै पोल्टामा आउने बन्दव्यापार उद्योगधन्दामा फाइदा वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राका लागि प्रयास हुने सम्भावना


(द्रष्टव्य: यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि बिर्तामोड, झापा, नेपालको अक्षांश २६ः३९ उत्तर तथा देशान्तर ८७ः६० पूर्व नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान विपरीत वेधस्थान समेतको गणना गरिएको )

Author:

0 comments: